Logo
Logo

युट्युबर तथा बिग बोस ओटीटी विजेता एल्विश यादव पक्राउ



एजेन्सी । युट्युबर तथा बिग बोस ओटीटी विजेता एल्विश यादव पक्राउ परेका छन् । सर्पको विष प्रयोग गरेको आरोप लागेका युट्युवर यादवलाई नोएडा प्रहरीले पक्राउ गरेर सुरजपुर अदालतमा पेश गरेको छ ।

यद्यपी उनले यी आरोपहरूलाई अस्वीकार गर्दै आएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । नोभेम्बर ८, २०२३ मा, नोएडा पुलिसले रेभ पार्टीमा सर्पको विष प्रयोग गरेको मामिलामा एल्विश यादवसहितका विरुद्धमा एफआईआर दर्ता गरेको थियो ।

उनी सामाजिक सञ्जालमा निकै चर्चित छन् । युट्युबमा उनका १.५ करोड सब्सक्राइबर छन् भने इन्स्टाग्राममा १ करोडभन्दा बढीले फलो गरेका छन् । यादवले युट्युबमा रमाइलो भिडियो बनाउँछन् । उनको रोस्टिङ भिडियोहरू पनि निकै लोकप्रिय छन्।

प्रतिक्रिया दिनुहोस्