Logo
Logo

अस्ट्रेलियाका विदेशमन्त्री वोङले गरिन समलिङ्गी विवाह



एजेन्सी । अष्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले विवाह गरेकी छन् । उनले आइतबार सामाजिक सञ्जालमार्फत आफुले अलौचेसँग विवाह गरेको तस्वीरसहित जानकारी दिएकी हुन् ।

उनले लेखेकी छन्, ‘हामी खुसी छौं कि हाम्रो परिवार र साथीहरूले यो विशेष दिन हामीसँग बाँड्न पाएका छन् ।’ स्मरण रहोस् उनीहरु दुई दशकदेखि सँगै बस्दै आएका थिए । शनिबार एडिलेडमा भएको विवाह समारोहमा अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज र अष्ट्रेलियन सरकारका मन्त्रीहरू पनि उपस्थित थिए ।

यी दम्पतीका दुई छोरी छन् । उनीहरुले आइभीएफ मार्फत छोरीहरूलाई जन्म दिएका हुन् । सन् २००२ मा राजनीतिमा प्रवेश गरेकी पेनी वोङले भर्खरै सबैभन्दा लामो समयसम्म महिला क्याबिनेट मन्त्री बन्ने कीर्तिमान बनाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्