Logo
Logo

जाे महिलाहरु बिहेको दिन मात्रै नुहाउँछन्



काठमाडौं । दुनियाँमा यस्ता धेरै मानिसहरु छन्, जसको रहन–सहन र जीवनशैली विल्कुलै फरक छ । सुन्दा तपाइँलाई अचम्म लाग्न सक्छ, महिलाले जीवनमा एकपटक मात्र नुहाउँछन् । हो एकपटक मात्र । अब सोच्दैहुनुहुन्छ होला यो ठाउँ कहाँ छ ?

आज हामी तपाईलाई एक विशेष जनजातिको बारेमा बताउन गइरहेका छौं, जुन आधुनिकताबाट धेरै टाढा छ र आफ्नो पुरानो परम्पराको आधारमा बाँचिरहेको छ ।

आज नामिबियाको एउटा यस्तो जनजातीको कुरा गर्नेछौं, जो उनीहरूका मौलिक रहनसहनका कारण अद्वितीय रहेका छन् । नामिबिया अफ्रिकाको दक्षिणी भागमा अवस्थित एउटा देश हो, जहाँ आज पनि धेरै जनजातिहरू शताब्दीयौं पहिले जस्तै जंगलमा बस्दै आएका छन् । संसारको सबैभन्दा फरक देखिने हिम्बा जनजाति यहाँ बस्छन् ।

नामिबियामा हिम्बा जनजातिका मानिसहरू मुख्यतया किसान हुन् । यी मानिसहरू शताब्दीयौं देखि खेतीपाती गर्दै आएका छन् र पशुपालन गरेर आफ्नो जीवन बिताइ रहेका छन् । विशेषगरी गाई, भेडा र बाख्रा पालेर उनीहरुले आफ्नो जीवन बिताउँछन् । यस जनजातिमा महिलाको महत्वपूर्ण भूमिका हुन्छ । वास्तवमा पुरुष हिम्बाहरू बाहिर बसेर शिकार गर्छन् र जनावरहरूको हेरचाह गर्छन् । जहाँ महिलाले घरको हेरचाह गर्ने, खाना र पानीको व्यवस्था गर्ने गर्दछन् ।

हिम्बा जनजातिमा बालिकाको विवाह सानै उमेरमा गरिन्छ । भनिन्छ, यी महिला विवाहको दिन मात्र पानीले नुहाउने गर्छन्, नत्र उनीहरू जीवनभर बाफले मात्र नुहाउँने गर्छन् । यहाँ मानिसहरुलाई लुगा धुनका लागि समेत पानीको प्रयोग निषेध गरिएको छ ।

तिनीहरूको रातो छालाको रहस्य नामिबियाको रातो माटो हो । वास्तवमा हिम्बा मानिसहरूले जंगलमा पाइने विभिन्न जडिबुटी र रातो माटोमा जनावरको बोसो मिसाएर पेस्ट बनाउँछन् र त्यसपछि आफ्नो शरीरमा लगाउँछन् ।

तिनीहरू प्रत्येक दोस्रो वा तेस्रो दिन यो गर्छन् । यही कारण उनीहरुको पूरै शरीर रातो देखिन्छ । यो पेस्टले आफ्नो छालालाई जोगाउँछ भन्ने हिम्बा समुदायको विश्वास छ । विशेष गरी संक्रमण र चर्को घामबाट जोगाउने उनीहरूको विश्वास रहेको छ ।

त्यस्तै अर्को अनौठो परम्परा रहेको छ, जहाँ पुरुषहरू एकैपटक धेरै महिलासँग बस्न सक्छन् । जबकि महिलाले पनि आफ्नो श्रीमान् बाहेक अन्य पुरुषसँग सम्बन्ध राख्न पाउँछन् । उनीहरुको घरमा पाहुना आउँदा श्रीमानहरुले आफ्नी श्रीमतीलाई उनीहरुको हातमा सुम्पिदिन्छन् ताकि पाहुनाहरुले यौन आनन्द दिन सकून् ।

प्रतिक्रिया दिनुहोस्