Logo
Logo

किन पक्राउ परे दिल्लीका मुख्यमन्त्री केजरीवाल ?



एजेन्सी । भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । भारतीय प्रवर्तन निर्देशनालय (ईडी) ले मदिरा घोटाला प्रकरणमा केजरीवाललाई गएराति पक्राउ गरेको हो ।

मदिरा घोटाला प्रकरणमा करिब दुई घण्टाको सोधपुछपछि ईडीले केजरीवाललाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । केजरीवाल पक्राउविरुद्ध उनको आमआदमी पार्टी सर्वोच्च अदालत पुगेको छ ।

लोकसभा चुनावअघि दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ पर्नुलाई राजनीतिक हिसाबले अर्थपूर्ण मानिएको छ । उनलाई मदिरा घोटाला प्रकरणमा करिब १०० करोड भारतीय रुपैयाँ बराबरको भ्रष्टाचार भएको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्