Logo
Logo

निर्वाचन लड्दै अभिनेत्री कंगना, भाजपाले दियाे टिकट



एजेन्सी । बलिउड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । भारतीय जनता पार्टीले कंगनालाई गृहप्रदेश हिमाचल प्रदेशको मंडी लोकसभा निर्वाचनमा टिकट दिएको हो ।

कंगनाले यसअघि नै चुनाव लड्ने संकेत दिएकी थिइन् । टिकट पाएपछि कंगनाले प्रतिक्रिया दिँदै पार्टीमा औपचारिक रुपमा सामेल हुन पाउँदा आफू सम्मानित र उत्साहित भएको बताएकी छन् ।

कंगनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्धाहरुमा सामाजिक संजाल तथा सार्बजनिक रुपमै भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीको कडा समर्थन गर्दै आएकी छन् । पछिल्लो समय फिल्ममा सफल हुन नसकेकी कंगना राजनीतिमा आउने अनुमान धेरै पहिला देखि गरिदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्