Logo
Logo

परपुरूषसँग यौनसम्बन्ध राख्ने महिलालाइ ढुंगाले हानेर मारिने तालिवानको घोषणा



एजेन्सी । अफगानिस्तानमा अबैध सबन्ध राख्ने महिलालाइ फेरी ढुंगाले हानेर मारिने नियम बनाइएको छ । तालिवान सरकारका सर्वोच्च नेता मुल्ला हिबतुल्लाह अखुन्दजादाले महिलाविरुद्ध नयाँ आदेश जारी गर्दै अबैध सबन्ध राख्ने महिलाइ सार्बजनिक स्थलमा ढुंगाले हानेर मार्ने घोषणा गरेका हुन् ।

उनका अनुसार कुनै पनि महिला आफ्नो पति बाहेक अरूसँग यौनसम्बन्ध राखेको दोषी पाइएमा कोर्रा र ढुङ्गाले हानेर मारिने छ । एक अडियो सन्देशमा अखन्दजादाले पश्चिमी देशहरूको लोकतन्त्रलाई चुनौती दिँदै इस्लामिक कानून शरियालाई कडाइका साथ लागू गर्न आदेशसमेत दिएका छन ।

अफगानिस्तानमा सत्तामा आएपछि तालिबानले महिला अधिकार हनन नगर्ने आश्वासन दिएको थियो । यति हुँदाहुँदै पनि त्यहाँ उनीहरुको अधिकार निरन्तर कुण्ठित भइरहेको छ ।

त्यहाँ किशोरीहरूको माध्यमिक र उच्च विद्यालय शिक्षामा प्रतिबन्ध लगाइयो भने त्यसपछि उनीहरूलाइ विश्वविद्यालय शिक्षा हासिल गर्न तथा ब्यूटी पार्लर जान पनि रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्