Logo
Logo

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन



एजेन्सी । नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको निधन भएको छ । उनको ९० वर्षको उमेरमा बुधबार निधन भएको हो ।कान्हेम्यानलाई सन् २००२ मा मनोविज्ञान र अर्थशास्त्रका क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको थियो । 

उनले लेखेको पुस्तक ’थिन्किङ, फास्ट एन्ड स्लो’ ले सर्वाधिक बिक्रीको रेकर्ड बनाएको थियो । उक्त पुस्तकमा उनले मानिसको व्यवहार खासगरी उनीहरुको निर्णय–निर्माण प्रक्रियासँग अन्तरनिहीत रहने बताएका थिए । कान्हेम्यान पछिल्ला दिनसम्म अमेरिकाको प्रिन्स्टिन युनिभर्सिटीमा प्राध्यापक रहेका थिए । 
 

प्रतिक्रिया दिनुहोस्