Logo
Logo

मोटरसाइकलको ठक्करबाट ७० वर्षीया तामाङको मृत्यु


1.1k
Shares

काठमाडौं । सोल्टी मोडमा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी एक वृद्धाको मृत्यु भएको छ । शनिबार बिहान बा८५प ७१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी ७० वर्षीया लक्ष्मी तामाङको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो ।

धादिङ घर भई हाल कालिमाटी बस्दै आएकी उनको गएराति साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । सडकमा पैदल हिँडिरहेकी तामाङलाई मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्