काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ । संवैधानिक परिषद्को बैठक सकिएलगत्तै गठबन्धनको बैठक सुरु भएको हो ।
आज बिहान ९ बजे संवैधानिक परिषद्को बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, उपप्रधान तथा गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव पनि सहभागी छन् ।















