
काठमाडौं । नेकपा एमाले बाराको ११औं जिल्ला अधिवेशन भोलिदेखि सुरु हुँदैछ । भोलि र पर्सि हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
एमाले बारा अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भएको बारा जिल्ला अध्यक्ष विनोद साहले जानकारी दिए । उनका अनुसार अधिवेशनका लागि जिल्लाका १६ स्थानीय तह र पेसागत संगठनहरूबाट ७ सय ३५ जना प्रतिनिधि छनोट भएका छन् ।
त्यस्तै आगामी अध्यक्षको लागि चार जनाले दाबी गरेका छन् । जसमा कोल्हवी नगरपालिकाका पुर्व नगरप्रमुख भरत बहादुर भण्डारी, तिन कार्यकाल जिल्ला सचिव भएका अध्यानन्द पाण्डे, एम.समिउल्लाह र एमाले बाराको बर्तमान उपाध्यक्ष टिना सुबेदीले आकांक्षा देखाएका हुन् ।














