Logo
Logo

चर्को आलोचना गर्दै आएका हर्क साम्पाङले किन भेटे रवि लामिछाने ? होला त सहकार्य ?


2k
Shares

काठमाडौं  । धरान उपमहानगरका मेयर हर्क साम्पाङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)विरुद्ध केही समयअघिदेखि खनिँदै आएका छन् । 

उनले रास्वपालाई विकासविरोधि, संविधानविरोधि र पहिचानविरोध भएको आरोप लगाउँदै आएका छन् । इमाल–२  को उपनिर्वाचनमा रास्वपालाई बहिस्कार गर्नेपर्ने उनले बताउँदै आएका छन् । उनले सामाजिक सञ्जालमार्फत कुनैपनि दलहरूलाई मत नहाल्न आग्रह गरिरहेका छन् । 

मेयर सम्पाङ अहिले सबैभन्दा बढी रास्वपाको उम्मेदवारीमाथि खनिरहेका छन् । रास्वपाका उम्मेदवार मिलन लिम्बू छन् । लिम्बू अवसरवादी र अपरिपक्वता भएको  भन्दै उनले टिप्पणी गरिरहेका छन्  । 

केही समयअघि मिलन लिम्बूले माओवादी त्यागेर स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए । त्यसबेला मेयर साम्पाङ र मिलन लिम्बूबीच दुई/तीन पटक भेटवार्ता समेत  भएको थियो । उक्त भेटमा साम्पाङले लिम्बूलाई साथ दिने प्रतिबद्धता गरेका थिए ।

तर, लिम्बू रास्वपाको उम्मेदवारी बनेपछि मेयर  साम्पाङ उनी विरुद्ध खनिँदै आएका छन् । बिहीबार मात्रै रास्वपाले मिलनलाई  आधिकारिक रुपमा उम्मेदवार घोषणा गरेको छ । रास्वपा प्रवेश गर्ने सुईको पाएदेखि नै हर्कले मिलनविरुद्धका अभिव्यक्ति दिइरहेका छन् । 

रास्वपा र मिलन लिम्बूलाई  तुच्छ गाली गरिरहेका बेला मेयर साम्पाङलाई रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेले उनीसँग भेटवार्ता गरेका छन् । 

आइतबार मन्त्रालयमा भएको भेटमा प्रमुख साम्पाङले हरेक शुक्रबार सञ्चालन गरिरहेको ‘सुधारबार’ अभियानमा कुनै हप्ता आफू पनि सहभागी हुने गृहमन्त्री लामिछानेले प्रतिबद्धता व्यक्त गरेका छन् । 

मेयर साम्पाङले धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त सोतसाधनको माग गरेका थिए ।

साम्पाङले कर्मचारीले प्रक्रिया र जनप्रतिनिधिले परिणाम खोज्ने हुँदा काम गर्न कठिन हुने गरेको प्रमुख गुनासो गरेका थिए ।

यस्तै कर्मचारीले प्रक्रिया र जनप्रतिनिधिले परिणाम खोज्ने हुँदा काम गर्न कठिन हुने गरेको भेटका क्रममा साम्पाङले गुनासो गरेका थिए ।

जवाफमा लामिछानेले लोकप्रिय जनप्रतिनिधिले मन्त्रालयमै आएर राखेका माग र गरेका गुनासोमा गम्भीर हुने बताउँदै माग सम्बोधनको प्रक्रिया सुरु गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

यस्तै साम्पाङले प्रहरीको मनोबल उच्च बनाउने गरी काम गर्न गृहमन्त्रीलाई सुझाव दिएका थिए । सो क्रममा लामिछानेले प्रहरीलाई ‘आम नागरिकलाई भर, गलत गर्नेलाई डर’ हुने सङ्गठन बनाउने प्रतिबद्धता जनाएका थिए ।

गृहमन्त्री र प्रमुख साम्पाङबीच लागू औषध दुर्व्यसनी नियन्त्रणबारे पनि छलफल भएको सचिवालयले जनाएको छ ।

सो क्रममा लामिछानेले प्रमुख साम्पाङले हरेक शुक्रबार सञ्चालन गरिरहेको ‘सुधारबार’ अभियानमा कुनै हप्ता आफू पनि सहभागी हुने प्रतिबद्धता समेत जनाएका थिए । 

यस्तै कर्मचारीले प्रक्रिया र जनप्रतिनिधिले परिणाम खोज्ने हुँदा काम गर्न कठिन हुने गरेको भेटका क्रममा साम्पाङले गुनासो गरेका थिए ।

जवाफमा लामिछानेले लोकप्रिय जनप्रतिनिधिले मन्त्रालयमै आएर राखेका माग र गरेका गुनासोमा गम्भीर हुने बताउँदै माग सम्बोधनको प्रक्रिया सुरु गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री र प्रमुख साम्पाङबिच लागू औषध दुर्व्यसनी नियन्त्रणबारे पनि छलफल भएको सचिवालयले जनाएको छ ।

सो क्रममा लामिछानेले प्रमुख साम्पाङले हरेक शुक्रबार सञ्चालन गरिरहेको ‘सुधारबार’ अभियानमा कुनै हप्ता आफू पनि सहभागी हुने प्रतिबद्धता समेत जनाएका थिए । 

गृहमन्त्री लामिछानेको भेटले मेयर सम्पाङको समर्थकमा भने संशय पैदा भएको छ । उनका समर्थकहरूले मेयर साम्पाङले अब रास्वपाको आलोचना कम गर्ने बताउन थालेका छन् । सामाजिक सञ्जालमा सक्रिय साम्पाङले भने अहिलेसम्म गृहमन्त्रीसँगको भेटबारे कुनै जानकारी गराएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्