Logo
Logo

तीन दलबीच एकीकरणको घोषणा


1.4k
Shares

काठमाडौं । तीन दलबीच एकीकरणको घोषणा भएको छ । नेपाल आमा पार्टी, नयाँ पार्टी नेपाल र नेपाल सुशासन पार्टीबीच एकीकरणको आइतबार घोषणा भएको हो । यी तीन दल मिलेर नयाँ पार्टी गठन गरेका छन् । पार्टीको नाम–राष्ट्रिय मातृभूमि पार्टी छ ।


काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरूले एकीकरणको घोषणा गरेका हुन् । उनीहरूले गत फागुन २३ गते नै निर्वाचन आयोगबाट नयाँ दल (राष्ट्रिय मातृभूमि पार्टी) दर्ताको प्रमाण पत्र लिइसकेको बताएका छन् ।

जनतान्त्रिक शासन व्यवस्थाको माध्यमद्वारा सुशासन र समावेशी सिद्धान्तका आधारमा समृद्ध, समतामूलक र न्यायपूर्ण समाजको निर्माण गरी सुविधाराज्य स्थापना गर्ने पार्टीको दूरदृष्टि रहेको घोषणा कार्यक्रममा जानकारी गराइएको थियो ।

राष्ट्रिय मातृभूमि पार्टी नेपालले शासकीय स्वरुप प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री उपयुक्त हुने धारणा अगाडि सारेको छ । पार्टीको चुनाव चिन्ह तीन तारासहित काखमा बच्चा लिएकी आमा रहेको छ । यो पार्टीको अध्यक्ष रामशरण पाण्डे छन् ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष रोमलाल गिरी, रमेश खरेल, उपमहासचिव लक्ष्मीदत्त भट्ट, उपाध्यक्षहरु, राजकुमार यादव, टुलराज बस्याल, अनिता श्रेष्ठ रामकृष्ण ढकाल, महासचिव गोविन्द गिरी, सचिवहरु यज्ञराज बस्याल, खगेन्द्र बस्नेत, मनिराम लामिछाने, इन्द्रनारायण न्हुँच्छे, तेजेन्द्रकुमार प्रसाईं, सहसचिव रामकुमार राई, लक्ष्मण फुयाल लगायतको उपस्थित थियो ।

प्रतिक्रिया दिनुहोस्