
काठमाडौं । नेकपा एकीकृत समाजवादी मकवानपुरको जिल्ला अधिवेशन आगामी १५ र १६ बैशाखमा हुने भएको छ ।
पार्टीको आइतबार बसेको सचिवालय बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो । अधिवेशन हेटौडा उपमहानगरपालिका वडा नं.४ स्थित रोयल पार्टी प्यालेसमा हुनेछ ।
पार्टी स्थायी कमिटी सदस्य ललित बस्नेतले पार्टीले कृयाशील सबै सदस्यलाई उत्तिक्कै उचित अवसर र मौका दिने बताए ।बैठकमा पोलिटब्युरो सदस्य घन प्रसाद गौतम, केन्द्रिय सदस्य एवं पार्टी मकवानपुर इन्चार्ज मुनु सिग्देल, केन्द्रिय सदस्य राजाराम स्याङतानको विशेष आतिथ्यता थियो ।














