Logo
Logo

नेपाल इन्भेष्टमेण्ट मेगा बैंककाे निर्वाचन स्थगित


1k
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको मङ्गलवार हुने भनिएको निर्वाचन प्रक्रिया स्थित भएको छ । बैङ्कको ३७ औँ वार्षिक साधारण सभाको सामान्य प्रस्तावको बुँदा नं. ५ अन्तर्गतको संस्थापक सेयर धनीहरूको तर्फबाट ४ जना र सर्वसाधारण सेयर धनीहरूको तर्फबाट २ जना सञ्चालकहरूको निर्वाचन गर्ने भनिएको थियो ।

तर सर्वोच्च अदालतबाट मतदानको कार्य स्थगित गरी यथास्थितिमा राख्नु भनी आइतबार अल्पकालीन अन्तरिम आदेश जारी भएको कारणले हाललाई उक्त निर्वाचन प्रक्रिया स्थगित गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्