Logo
Logo

एकहप्ते विधागत पत्रकारिता तालिम बुटवलमा सुरु


126
Shares

काठमाडौं । बुटवलमा एक हप्ते विधागत पत्रकारिता तालिम सुरु भएको छ । सोमबार एक कार्यक्रमबिच बुटवल उम महानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले प्रेस सेन्टर नेपाल रुपन्देहीद्वारा आयोजित विधागत पत्रकारिता तालिमको उद्घाटन गरेका छन् ।

कार्यक्रममा नगर प्रमुख पाण्डेले पत्रकारले सरकारलाई खरबदारी गर्नुपर्ने र नराम्रा पक्षहरू उठान गरिदिनुपर्ने बताए । ‘बुटवल उपमहानगरको विकास र समृद्धि नै हामी सबैको चाहाना हो’ उनले भने, ‘हामीले काम गर्दै गर्दा भए गरेका कमजोरी औँल्याइदिएर सञ्चार जगतले हामीलाई सहयोग गरोस् भन्ने हामी चाहान्छौं ।’

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रुपन्देहीका संयोजक निर्मल जिसीले पत्रकारिताको मिसन र आचारसंहितामा रही समाचार सम्प्रेषण गर्न अनुरोध गरे । पत्रकारले गरिब सर्वहाराको पक्षमा कलम चलाउनु पर्नेमा कप पेस्टका कारण पत्रकारिता पेसा नै धरापमा परेकोले यसलाई सुधार गर्दै अघि बढ्नुपर्ने उनको भनाई छ ।

त्यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पत्रकारले पत्रकारिताको मर्म र मर्यादालाई ख्याल गर्नुपर्नेमा जोड दिए । क्षमता अभिवृद्धि तालिमले पत्रकारको क्षमता विकास गर्दै समाजले पत्याउने पत्रकार उत्पादन गर्नु अहिले आवश्यकता रहेको उनले बताए ।

कार्यक्रममा प्रेस सेन्टरका केन्द्रिय उपमहासचिव यानेन्द्र जिसी, प्रदेश अध्यक्ष मानसिंह विक, अग्रज पत्रकार मदनलाल पौडेल लगायतले बोलेका थिए ।

बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा संचालित तालिम ७ दिनसम्म संचालन हुने प्रेस सेन्टर रुपन्देहीका अध्यक्ष बिष्णु पोखरेल जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्