Logo
Logo

बागमतीमा नवनियुक्त मन्त्री आलेमगरले लिए शपथ


3k
Shares

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मन्त्री रमा आलेमगरले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार एकीकृत समाजवादीबाट मन्त्री बनेका उनले आज बिहान विना विभागीय मन्त्रीको शपथ लिएका हुन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मगरलाई सोमबार मन्त्री नियुक्त गरेका थिए । मगर एकीकृत समाजवादीबाट प्रत्यक्ष निर्वाचन जित्ने एक्लो महिला सांसद हुन् । चन्द्रागिरी नगरपालिकाका रमा काठमाडौं क्षेत्र नम्बर १० (२) बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

बागमतीमा नेकपा (एकीकृत समाजवादी)बाट श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल र कृषि तथा पशुपन्छी विकासमन्त्री डा. राजेन्द्रमान श्रेष्ठ छन् । उनीहरु गत चैतमा गठित नेपाली कांग्रेससहितको सरकारमा मन्त्री नियुक्त भएका थिए ।

बागमतीमा अझै चार वटा मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ । ती मन्त्रालयहरुमा भागबण्डाको टुंगो लगाउन दलहरु कसरतमा छन् ।

प्रतिक्रिया दिनुहोस्