
काठमाडौं । पर्वतमा एक दम्पत्ती मृत अवस्थामा भेटिएका छन् । जिल्लाको जलजला गाउँपालिका–२ मा ६८ वर्षीय सूर्यबहादुर घर्ती र उनकी श्रीमती ६५ वर्षीया गमला घरभित्रै आज बिहान मृत भेटिएका हुन् ।
घटनास्थल रगताम्मे भएको र उनीहरुको हत्या भएको हुनसक्ने वडाअध्यक्ष प्रकाशबहादुर घर्ती क्षेत्रीले जानकारी दिए । प्रहरीले घटनास्थल पुगेर घटनाबारे थप अनुसन्धान थालिएको जनाएको छ ।














