Logo
Logo

नाइट क्लबमा आगलागी हुँदा २९ जनाको मृत्य



काठमाडौं । टर्कीको इस्तानबुलमा रहेको एक नाइट क्लबमा मंगलबार साँझ आगलागी हुँदा कम्तीमा २९ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेअनुसार इस्तानबुलको एक भवनको तहखानेमा रहेको उक्त क्लब मर्मतकै क्रममा थियो ।

इस्तानबुलका गभर्नर दावुत गुलले आगलागीका कारण ज्यान गुमाउनेहरू त्यहाँ काम गर्ने व्यक्ति रहेको बताएका छन् ।
स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै गभर्नर गुलले आगलागीको कारण अहिलेसम्म पत्ता नलागेको बताए ।

रोयर्टसका अनुसार यस विषयमा अनुसन्धान जारी रहेको स्थानीय प्रशासनले जनाएको छ । इस्तानबुलका मेयरले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्