Logo
Logo

स्नातक तह दोस्रो वर्षको परीक्षा सर्‍याे, वैशाख १६ गतेदेखि हुने



काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह दोस्रो वर्षको परीक्षा सारेको छ ।

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गर्दै वार्षिक परीक्षा प्रणाली अनुरूप २०८० चैत्र २८ गतेदेखि सञ्चालन हुने भनिएको परीक्षा प्राविधिक कारणवस २०८१ वैशाख १६ गतेदेखि सञ्चालन हुने जानकारी दिएको हो ।

परीक्षा दिउसो १२ बजेदेखि दिउसो ३ बजेसम्म चल्ने त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा दिनुपर्ने केही परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्न छुटेको भन्दै पनिकाले चैत ३० गतेभित्र क्याम्पसमा फारम बुझाउन पनि भनेको छ ।

प्रतिक्रिया दिनुहोस्