Logo
Logo

सात दिनभित्र विद्यालयको नाम नेपाली नराखे विद्यार्थी भर्ना रोक्ने महानगरको चेतावनी


2.1k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले सात दिनभित्र नेपालीपन झल्कने गरी विद्यालयको नामकरण नगरे विद्यार्थी भर्ना प्रक्रिया रोक्ने चेतावनी दिएको छ ।

महानगरले आज एक सूचना जारी गर्दै आफ्नो मातहतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न ताकेता गरेको हो ।

महानगरले शिक्षा नियमावली, २०५९ को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्