Logo
Logo

ताइवान भूकम्पमा ४ को मृत्यु, ९७ जना घाइते



एजेन्सी । ताइवानको पूर्वी तटमा बुधबार बिहान गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तिमा चार जनाको मृत्यु भएको छ ।

ताइवानको हुआलियन सहरबाट १८ किलोमिटर (११ माइल) दक्षिणमा केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।
भूकम्पमा परी कम्तिमा ४ जनाको मृत्यु र ९७ जना घाइते भएका छन् ।

यो २५ वर्षयताकै शक्तिशाली भूकम्प भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पपछि पनि परकम्प गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्