Logo
Logo

जनउत्थानको वार्षिकोत्सव: रेसुङ्गामा कुर्ची वितरण



बुटवल । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको १४औँ वार्षिकोत्सवको अवसरमा रेसुङ्गामा कुर्ची वितरण गरिएको छ । नेपालको धार्मिक, पर्यटकीय तथा ऐतिहासिक क्षेत्र रेसुङ्गा धाममा कुर्ची वितरण गरिएको रेसुङ्गा शाखाका प्रमुख ईश्वरी गौतमले बताए । 

एक कार्यक्रमका बिच ८ थान प्लास्टिक कुर्ची रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेश चन्द्र भुसाललाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा भुसालले जनउत्थानले सामाजिक उत्तरदायित्व अन्तर गर्त गदै आएको कामले सबैको मन जित्दै आएको बताए । उनले वित्तीय संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रमले सदस्यहरूमा सकारात्मक सन्देश जाने बताए ।

बुटवल कालिका नगरमा केन्द्रीय कार्यालय रहेको संस्थाले १९ जिल्लामा कार्यक्षेत्र बनाई, ३९ वटा शाखाबाट ४५ हजार ६४ जना सदस्यलाई वित्तीय सेवा दिँदै आएको छ । ३९ वटा शाखा मध्ये सबै भन्दा कान्छो शाखा रेसुङ्गा शाखा रहेको प्रमुख गौतमको भनाई छ ।

२०७५ फागुन २१ गते स्थापन भएको शाखाले वित्तीय सेवा मात्र नभई सदस्यहरूलाई वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम, व्यावसायिक च्याउ खेती तालिम, व्यावसायिक कुखुरा पालन तालिम, फरक क्षमता भएका विद्यार्थीलाई विद्युतीय चुलो भाडा, खेलकुद तथा शैक्षिक सामाग्रीहरू वितरण गर्दै आएको छ । रेसुङ्गा शाखामा ७५ कन्दबाट ८ सय सदस्यले वित्तीय सेवा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्