![](https://www.drishtinews.com/wp-content/uploads/2024/04/malesiya-army-helicopter-crash.jpg)
काठमाडौं । मलेसियामा सेनाको दुईवटा हेलिकप्टर ठोक्किएर दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । तालिमका क्रममा दुईवटा हेलिकोप्टर आकाशमै ठोक्किएको थियो । सो क्रममा हेलिकप्टरमा सवार सबै १० सैनिकको मृत्यु भएको हो ।
दुवै हेलिकप्टरमा चालक दलका कम्तीमा १० जना सवार रहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । रोयल मलेशियन नौसेना उत्सवका लागि हेलिकप्टरमा प्रशिक्षण गरिरहेका थिए । आकाशमा ठोक्किएका दुई हेलिकप्टर एक स्टेडियममा खसेको थियो ।