Logo
Logo

रकम सहितको लकर चोरीको आरोपमा ३ जना पक्राउ



काठमाडौं । पोखरामा एक अनलाइन डेलिभरीको कार्यालयमा चोरी गरेको आरोपमा कास्की प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–१५, टुटुंगाका २९ वर्षीय अर्जुन परियार, पोखरा–१० का २७ वर्षीय विकास अधिकारी र धादिङ घर भई पोखरा बस्दै आएका २९ वर्षीय लोकेन्द्रबहादुर इटनी छन् ।

उनीहरुले गत २४ चैतमा पोखराको नयाँबजारस्थित एक अनलाइन डेलिभरीको अफिसमा चोरी गरेको पाइएको कास्की प्रहरीका प्रवक्ता तथा डीएसपी वसन्तकुमार शर्माले बताए ।

शौचालयको सिसा फोडेर भित्र प्रवेश गरी अनलाइन डेलिभरी अफिसको लकर नै बोकेर उनीहरु फरार भएका थिए । उक्त लकरमा ५ लाख ८२ हजार ५८० रुपैयाँ रहेको खुलेको डीएसपी शर्माले बताए । उक्त रकम भएको लकरसँगै उनीहरुले एक थान मोबाइल र पाँच थान झोलासमेत चोरी गरेका थिए ।

चोरी गरेर फरार उनीहरुलाई सोमबार वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुबाट चोरी भएको लकर र झोलासमेत बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्