Logo
Logo

दैलेखमा बँदेलको आक्रमणबाट ७ जना घाइते



सुर्खेत । दैलेखको भैरवी गाउँपालिका–६ मा बँदेलको आक्रमणमा परेर ७ जना घाइते भएका छन् ।

घाइते हुनेमा गणेश सिंजाली, लछुमन पुनमगर, रत्नबहादुर बराल, तर्कबहादुर पुनमगर, पूर्ण सिंजाली, जयबहादुर थापामगर र तिलक पौडेल छन् ।

वडाध्यक्ष तुलबहादुर हमालका अनुसार जंगलबाट गाउँ पसेको बँदेलले सुरुमा गणेश सिंजालीलाई आक्रमण गरेको थियो । उनको अवस्था गम्भीर रहेको उनले हमालले जानकारी दिए ।

त्यही बँदेलले अरु ६ जनालाई पनि आक्रमण गरेको थियो । आक्रमणमा घाइते भएका ३ जनाको खम्बागाडे बजारमा उपचार भइरहेको छ । बँदेलको आक्रमणबाट गम्भीर घाइते भएका गणेश सिंजालीलाई थप उपचारका लागि जिल्ला अस्पताल दैलेखमा रेफर गरिएको छ ।

गत फागुनमा भैरवी गाउँपालिका–६ कै ६३ वर्षीया पवित्रा कँडेललाई बँदेलले घरमै आक्रमण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्