Logo
Logo

बँदेलको आक्रमणबाट दैलेखमा ७ जना घाइते


882
Shares

दैलेख । दैलेखमा गहुँ काट्ने क्रममा बँदेलको आक्रमणबाट ७ जना घाइते भएका छन् । भैरवी गाउँपालिका–६ का ४३ वर्षीय गणेश सिजालीमगरसहित ७ जना घाइते भएका हुन् ।

मंगलबार दिउँसो गहुँ काट्ने क्रममा एक्कासि बँदेलले आक्रमण गर्दा गणेशको बायाँ हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय दैलेखको डिएसपी सुनिल दाहालले जानकारी दिए ।

उनका अनुसार गणेशबाहेक अरूको अवस्था सामान्य छ । ‘गणेशलाई उपचारको लागि जिल्ला अस्पताल पु¥याइएको डिएसपी दाहालले जनाए । गहुँ काट्न आएका अरू ६ जना पनि सोही ठाउँका स्थानीय भएको उनले बताए ।

डिएसपी दाहालका अनुसार भैरवी नगरपालिका–६ का तर्कबहादुर पुनमगर, २३ वर्षीय लक्ष्मण पुनमगर, ३३ वर्षीय रत्नबहादुर बराल, १२ वर्षीय तिलक पौडेल, १४ वर्षीय पुर्णबहादुर सिजालीमगर र ६८ वर्षीय जयबहादुर थापामगर सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्