Logo
Logo

कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वैशाख १३ गते (बिहीबार) संसदबाट विश्वासको मत लिने भएका छन् । त्यसका लागि मंगलबार प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराइसकेका छन् ।

प्रदेश सभाका सूचना अधिकारी उपेन्द्र गुरुङले बिहीबार विश्वासको मत लिने गरी पत्र दर्ता भएको जानकारी दिए । यद्यपि सत्तारुढ गठबन्धनमा भागबण्डाको कुरा नमिल्दा अहिलेसम्म सरकार विस्तार भने हुन सकिरहेको छैन ।

मंगलबार मुख्यमन्त्री कँडेल र माओवादी संसदीय दलका नेता राजकुमार शर्माबिच भागबण्डाको विषयमा वृहत् रूपमा छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्