Logo
Logo

अचानक हुरी चल्दा फेवातालमा डुंगा दुर्घटना



पोखरा । कास्की जिल्लाको पोखरा महानगरपालिका–६ फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटना भएको छ ।

दुर्घटनामा परेका पाँच जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

अचानक आएको हावाहुरीको कारण डबल प्याडल बोट दुर्घटना भएको थियो । डुंगामा रहेका काठमाडौँ महानगरपालिका–२९ अनामनगरका ३० वर्षीय विक्रम मिकरानी, २६ वर्षीया आशिफा बानु, ५४ वर्षीया अनैजा दिल शाह, ८ वर्षीया रजिना खातुन र डेढ वर्षीया मिरा रानी फेवाताल नजिकै रहेको माछा पालन केन्द्रको जालमा अड्किएका थिए ।

दुर्घटना लगत्तै न. २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु वाच टावरमा खटिएको विपद् व्यवस्थापन सहितको टोलीले उनीहरुको तत्कालै सकुशल उद्धार गरेको हो । दुर्घटनामा परेकाहरुको अवस्था सामान्य छ ।

यसअघि चैत्र २९ र २५ गते पनि फेवातालमा अचानक आएको हावाहुरीका कारण डुंगा पल्टिएको थियो । सो दुर्घटनामा परेका एक पुरुष र महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको थियो।

प्रतिक्रिया दिनुहोस्