Logo
Logo

राष्ट्रपतिद्वारा कतारका राजाको सम्मानमा रात्रिभोज आयोजना



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीको सम्मानमा रात्रिभोजको आयोजना गरेका छन् ।

होटेल साल्टीमा आयोजना गरिएको रात्रिभोजमा नेपाली परम्परागत झाँकीसमेत प्रस्तुत गरिएको छ । रात्रिभोजमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश, पूर्व प्रधानमन्त्रीहरू, निजी क्षेत्रका प्रतिनिधिलगायको उपस्थिति छ ।

राष्ट्रपति पौडेलको निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका हमाद अल थानी मंगलबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।

राष्ट्रपति पौडेल, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यले विमानस्थलमा उनको स्वागत गरेका थिए । विमानस्थलमै कतारका राजालाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको थियो ।

त्यसपछि विमानस्थलबाट उनी राष्ट्रपति भवन शीतल निवास पुगेका थिए । शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका राजा थानीबीच भेटवार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्