Logo
Logo

ज्यान मार्ने धम्की दिएर बलात्कार


195
Shares

उदयपुर । ६६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् । लिम्चुङबुङ गाउँपालिका–४ लाकु बस्ने ५७ वर्षीय श्याम शेर राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

राईले ती महिलालाई ज्यान मार्ने धम्की दिएर आइतबार दिउँसो जबरजस्ती करणी गरेको उजुरी परेको र त्यसैको आधारमा इलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको प्रहरीले राईलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्