Logo
Logo

कतारका अमिर र प्रधानमन्त्रीबिच द्विपक्षीय वार्ता हुँदै, आजै स्वदेश फर्कने



काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच आज द्विपक्षीय वार्ता हुने भएको छ । दुईदिने मंगलबार नेपाल आइपुगेका थानीले आज प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न लागेका हुन् ।

आजको वार्तापछि द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ । थानी आजै स्वदेश फर्कने छन् ।

राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा अल थानी नेपालको दुईदिने राजकीय भ्रमणमा मंगलबार अपराह्न नेपाल आइपुगेका हुन् । राष्ट्रपति पौडेलले थानीलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका थिए । राष्ट्रपति पौडेल र थानीबीच हिजै भेटवार्ता भएको छ ।

भेटमा नेपाल र कतारबिच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो । राष्ट्रपति पौडेलले अमिर थानीको सम्मानमा मंगलबार साँझ रात्रि भोजको आयोजना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्