Logo
Logo

भोलि विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री



काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिने तयारी गरेका छन् । गत चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता कँडेलले भोलि (बिहीबार) विश्वासको मत लिने तयारी गरेका हुन् ।

उनले यही वैशाख १३ गते विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराइसकेका छन् । नेकपा (माओवादी केन्द्र) लाई आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय दिने सहमति भएसँगै माओवादी केन्द्र प्रदेश सरकारमा सहभागी हुने भएको छ ।

माओवादी केन्द्रले चार मन्त्रालय प्राप्त गरे पश्चात् सरकार विस्तार हुने वातावरण बनेपछि मुख्यमन्त्री कँडेलले विश्वासको मत लिने मिति तय भएको कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक रनसिंह परियारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्