काठमाडौं । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा रणसिंह परियारलाई पठाउने भएको छ । कर्णाली प्रदेश संसदीय दलको आज बिहान बसेको बैठकले हुम्लाका परियारलाई मन्त्रीको रुपमा सरकारमा पठाउने निर्णय गरेको हो ।
माओवादी केन्द्रका सांसद कृष्णबहादुर जिसीले रणसिंहलाई मन्त्री बनाउने निर्णय भएको जानकारी दिए । यद्यपि परियारको मन्त्रालयको टुङ्गो भने लगाइएको छैन । माओवादीले सरकारमा जाने निर्णय गरेसँगै मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत दिने निर्णय पनि गरेको छ ।
चैत २७ मा मुख्यमन्त्री नियुक्त भएका एमाले कर्णाली प्रदेश संसदीय दलका नेता कँडेलले विहीबार विश्वासको मत लिँदै छन् ।