Logo
Logo

पहिलोपटक नेपाल आइपुग्यो वेस्ट इन्डिज क्रिकेट टोली



काठमाडौं । दुई पटक एकदिवसीय र टी–२० विश्वकप विजेता वेस्ट इन्डिजको क्रिकेट टिम नेपाल आइपुगेको छ । वेस्ट इन्डिजको टोली इतिहासमै पहिलोपटक नेपाल आएको हो ।

सिनियर टोलीबाट खेलेका १२ खेलाडीसहित वेस्ट इन्डिज ए टोली केहि बेरअघि काठमाडौं आइपुगेको हो । यो टोलीले रोस्टन चेजको कप्तानीमा नेपाली टोलीसँग ५ टी–२० खेलको सिरिज खेल्नेछ । ५ वटै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

वेस्ट इन्डिज ‘ए’ ले नेपालसँग खेल्ने ५ खेलको सिरिज अन्तर्गत पहिलो खेल अप्रिल २७ शनिबार हुनेछ । अप्रिल २८ मा दोस्रो, मे १ मा तेस्रो, मे २ मा चौंथो र मे ४ मा अन्तिम खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्