Logo
Logo

नेपाली श्रमिकको सिप अभिवृद्धि गर्न सहयोग गर्ने कतारी राजाको प्रतिबद्धता



काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीले नेपाली श्रमिकको प्रशंसा गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बुधबार भएको द्विपक्षीय भेटवार्तामा उनले कतारको विकासमा नेपाली श्रमिककाे भूमिका उच्च रहेको भन्दै प्रशंसा गरेका हुन् ।

आगामी दिनमा थप रोजगारी उपलब्ध गराउने भन्दै उनले नेपालका श्रमिकको सिप अभिवृद्धि गर्न पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस्तै द्विपक्षीय वार्तामा नेपालको ऊर्जा, कृषि, यातायातमा नेपाल र कतारका तर्फबाट छलफल गर्ने र लगानीका क्षेत्रको खोजी गर्ने विषयमा समेत छलफल भएको थियो ।

सो क्रममा विश्वव्यापी द्वन्द्व समाधानमा कतारले खेलेको मध्यस्थताको प्रशंसा गर्दै प्रधानमन्त्री प्रचण्डले इजरायलमा हमासको आक्रमणपछि बेपत्ता भएका नेपालका विपिन जोशीको सकुशल रिहाइका लागि भूमिका खेलिदिन आग्रह समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्