Logo
Logo

नेपाल भ्रमण सकेर कतारका राजा स्वदेश फर्किए



काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको औपचारिक निमन्त्रणामा दुई दिने भ्रमणका लागि मंगलबार काठमाडौं आइपुगेका थानी आज दिउँसो स्वदेश फर्किएका हुन् ।

उनलाई राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरे । सो अवसरमा नेपाली सेनाको टोलीले थानीलाई सलामी अर्पण गरेको थियो ।

मंगलबार साँझ काठमाडौं ओलिएका थानीले सोही दिन राष्ट्रपति पौडेललाई भेटेका थिए । बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोल्टी होटल पुगेर थानीसँग भेटवार्ता गरेका थिए । उनीहरुबीचको भेटवार्तापछि दुई देशबीच विभिन्न ८ वटा समझदारी तथा सम्झौतामा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्