Logo
Logo

‘लू’बाट जोगिन सर्वसाधारणलाई सरकारको आग्रह


441
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट जोगिन सर्वसाधारणसँग आग्रह गरेको छ ।

मन्त्रालयले तराईमा तातो हावासँगै ‘लू’ चलेकाले जोगिन सबैसँग आग्रह गरेको हो । ‘लू’ले गर्दा मुटुको चाल तीव्र हुने, श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप घट्ने, पसिना निस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, ज्वरो आउने जस्ता समस्या देखिने गर्छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा विमल चालिसेले गर्मी बढेसँगै तराईमा तातो हावा चलेर ‘लू’ लाग्ने गरेको बताए।उनले धेरै तातो हावाले मस्तिष्कमा असर गर्ने भएकाले तातो हावा चलेका वेला दिउँसो घरबाहिर ननिस्कन आग्रह गरे ।

‘धेरै तातो हावा चल्यो भने मस्तिष्कलाई असर गर्छ, मानिसलाई बेचैन बनाउने गर्छ’, उनले भने, ‘शरीरमा पानीको मात्रा कम हुँदा मिर्गौला र मुटुमासमेत असर गर्छ ।

प्रतिक्रिया दिनुहोस्