Logo
Logo

कुटपिटबाट एक युवकको मृत्यु



सल्यान । सल्यानमा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । जिल्लाको कुमाख गाउँपालिका–६ वडागाउँका २१ वर्षीय विकास वलीको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

कुमाख गाउँपालिका–५ कौछेको एक घरमा विवाहको भोज खाई फर्कने क्रममा दुई समूहबीच विवाद हुँदा कुटाकुट भएको थियो ।

कुटपिटबाट घाइते भएका वलीको मिसन अस्पताल रुकुम पश्चिमको चौरजहारीमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिए ।

कुटपिटबाट अन्य दुईजना १८ वर्षीय सुशील केसी र २८ वर्षीय मदन केसी घाइते भएको प्रहरीको जनाएको छ । घाइतेमध्ये मदन भने डिस्चार्ज भइसकेका छन् भने अर्का एकजनाको मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार कुटपिट गर्ने अन्दाजी २० वर्षीय मानसिंह कुमाई, १९ वर्षीय हेमन्त थापालगायत ६–७ जना रहेको र उनीहरू फरार छन् । विवादको कारण खुल्न सकेको छैन । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्