Logo
Logo

टिभिएसको ‘अपाचे आरटीआर १६०’ मोटरसाइकल नेपालमा



काठमाडौं । टिभिएस मोटर कम्पनीले ‘२०२४ टिभिएस अपाचे आरटीआर १६०’ मोटरसाइकल नेपालमा सार्वजनिक गरेको छ ।विश्वव्यापी रूपमा टू-ह्विलर तथा थ्री–ह्विलरको ख्यातिप्राप्त रुपमा चिनिने निर्माता टिभिएस मोटर कम्पनीले स्ट्राइकिङ स्टाइल एलिमेन्टहरू र रेसिङ डिएनए अनुरूप नयाँ आकर्षक ग्राफिक्स अपडेटको साथ २०२४ टिभिएस अपाचे आरटीआर १६० मोटरसाइकल नेपालमा सार्वजनिक भएको हो । यसको न्यु–जेन इन्जिनले बेस्ट–इन–क्लास पावर प्रदान गर्ने तथा राइडरहरूको लागि अझ राम्रो प्रदर्शन र माइलेज सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।

टिभिएस अपाचे आरटीआर १६० मा १८० मा भन्दा २ किलोग्रामको तौल घटाउनुका साथै पावर बृद्धि भएको कारणले सहज सवारी अनुभवको लागि पावर–टु–वेट रेसिओमा वृद्धि ल्याएको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार आरटीआर १६० मा पाँच स्टेप एडजस्टेबल रियर सस्पेन्सन र पहिलेको भन्दा अझ बढी पावर रहेको छ ।

यस मोटरसाइकलमा उत्कृष्ट ग्रिप प्रदान गर्ने रेमोरा ट्युबलेस टायर र डिस्क ब्रेक जडान गरिएको छ । यसको समग्र पर्फमेन्समा सुधारको लागि ब्लुटुथद्वारा सञ्चालित  SmartXonnectTM सहितको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ ।

आरटीआर ओभरस्क्वायर न्यु–जेन इन्जिनद्वारा संचालित १६०मा चार ओटा स्ट्रोक रहेका छन् । फ्युल–इन्जेक्टेड १५९.७ सीसी सिंगल–सिलिन्डर रहेको छ ।

यस मोटरसाइकलमा दुई ओटा भल्भ HOSC एयर–कूल्ड इन्जिन रहेको छ भने यसको पावर हाउसले ८५०० आरपीएममा ११.१९ किलोवाटको पावर र ६ हजार आरपीएममा १३.०८ एनएम पीक टर्क रहेको छ ।

डबल–क्याड्रल सिन्क्रो स्टिफ चेसिस रहेको यस मोटरसाइकलमा राम्रो ब्रेकिङ रहको कम्पनीको भनाई छ । स्ट्रेट लाइन पर्फमेन्स र टाइट कर्नरिङका लागि उत्कृष्ट पाँच–स्पीड गियरबक्स रहेका छन् । २७० एमएम रोटो–पेटल डिस्क ब्रेक रहेको छ ।

कम्पनीका अनुसार म्याट ब्लू, रेसिङ रेड, ग्लोस ब्ल्याक, टी ग्रे र पर्ल ह्वाइट गरि पाँचवटा कलरमा उपलब्ध रहेको २०२४ टिभिएस अपाचे आरटीआर १६० मोटरसाइकलको मुल्य ३ लाख ५ हजार ९०० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्