Logo
Logo

नवलपरासीको प्रतापपुरमा चक्रपथ सडक निर्माण सुरु



सुस्ता । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा चक्रपथ सडक बन्ने भएको छ । करिब ५ करोडको लगानीमा प्रतापपुर गाउँपालिकामा बन्न लागेको चक्रपथ सडकको बुधबार प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले पुजा आर्चना गरि निर्माण कम्पनीलाई सडक निर्माण कार्यको सुरुवात गराएका छन् ।

पालिका अध्यक्ष यादवले सडक निर्माण कार्यको शुभारम्भ गर्दै आफूहरुले चुनावको बेला आफ्ना मतदाता संग गरेका बाचालाई जनप्रतिनिधि भएर आएपछि सधै आत्मसाथ गरेर बिकासको काममा आफू र आफ्नो टिम लागेको र आफ्नो कार्यकालमा प्रतापपुरबासीको अनुहारमा उज्यालो छाउने गरि काम गर्ने र अहिले गर्दै आइरहेको उनले बताए ।

पालिका अध्यक्ष यादवको अनुसार हामी सबैको सार्थक प्रयास,समग्र रूपमा प्रतापपुरको बिकास भन्ने मुल नाराको साथ पालिका अगाडि बढेको र सोही अनुसार आफ्नो जनप्रतिनिधि टिम र कर्मचारीहरुले स्वास्थ्य, शिक्षा, कृषि तथा भौतिक संरचनालगायत समग्र रूपमा चौतर्फी बिकास हँुदै आइरहेको र सोहीअनरुप प्रतापपुरबासीलाई आवतजावतमा सहज हुने र एक वडाका ब्यक्तिहरुलाई अर्को वडाका ब्यक्तिहरुसँग सम्बन्ध कायम हुने गरि पालिकाले चक्रपथ सडक निर्माणको कामलाई अगाडि बढाएको बताए ।

प्रतापपुर गाउँपालिका वार्ड न ९ को पजरकट्टी देखी वडा न ८ को डिबनी सम्म, प्रतापपुर गाउँपालिका वार्ड न ६ को गुठिप्रसौनी देखि वडा न ५ बैदौलीसम्म, वडा न ७ को ठकुरापुर देखि जगरनाथपुरसम्म र वडा न ३ को अमहवादेखि पडरहनीसम्म गरि चार खण्डमा बन्ने चक्रपथ सडकको मिति २०८१ बैशाख १२ गते सम्झौता गरि बिःस २०८२ जेष्ठ १५ गतेसम्म सडक निर्माण काम सम्पन्न गर्ने गरि निर्माण कार्यको जिम्मेवारी दर्शन मालिका बिल्डर्स प्रा.लि. तिल्लोतमा–१, रुपन्देहीले पाएको प्रतापपुर गाउँपालिका का प्राबिधिक शाखा प्रमुख इन्जिनियर आनन्दकुमार यादवले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्