Logo
Logo

फरार विश्वकर्मालाई यूएईबाट पक्राउ गरी नेपाल ल्याइयो



काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)बाट रेड नोटिस जारी भएका व्यक्ति यूएईबाट पक्राउ परेका छन् ।
वैदेशिक रोजगार ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका बाँके खजुरा गाउँपालिका, २ सीतापुरका कमल विश्वकर्मालाई प्रहरीले यूएईबाट पक्राउ गरेको हो ।

एनसीबी अबुदावी यूएईको समन्वयमा यूएईमा पक्राउ परेका विश्वकर्मालाई कारबाहीका लागि बुधबार नेपाल ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्