Logo
Logo

ग्वार्कोमा डान्सबारभित्र जुवा, साढे ४ लाखसहित १३ जना पक्राउ



काठमाडौं । ललितपुरको ग्वार्कोस्थित एक डान्स बारबाट जुवा खेलिरहेको आरोपमा करिब साढे ४ लाख रुपैयाँसहित १३ जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र ललितपुर प्रहरी परिसरको टोलीले बुधबार राती ग्वार्कोको नन स्टप डान्सबारमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

ललितपुर प्रहरी प्रवक्ता नरेशराज सुवेदीले ४ लाख ३५ हजार ९ सय ६० रुपैयाँ नगद र १३ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको बताए । उनका अनुसार डान्स बारले पाँच तले घर भाडामा लिएकामा दोस्रो तलामा जुवा खेलिरहेको अवस्थामा पक्राउ उनीहरुलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा २ जना महिला छन् ।

प्रतिक्रिया दिनुहोस्