Logo
Logo

बझाङ उपनिर्वाचनका लागि १२ सय प्रहरी परिचालन



काठमाडौं । आगामी वैशाख १५ गते बझाङमा हुने प्रदेशसभा उपनिर्वाचनका लागि १२ सय प्रहरी परिचालन गरिएको छ । निर्वाचन लक्षित सुरक्षा योजना तयार गरी उक्त संख्यामा प्रहरी परिचालन गरिएको बझाङ प्रशासनले जनाएको छ ।

निर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरेर १२ सय सुरक्षाकर्मी परिचालन गरिएको हो । म्यादी प्रहरीको प्रयोग नहुने भएकोले दुई सङ्गठनका प्रहरी कर्मचारीलाई निर्वाचनमा खटाइएको हो ।

बझाङ जिल्ला भरमा ९३ मतदान केन्द्र र ७४ मतदान स्थल रहेका छन् । जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रमा खटिने अधिकृत तथा कर्मचारीहरूलाई मतदान केन्द्रमा पठाएर प्रहरीहरू समेत परिचालन गरिसकेको छ ।

मतदान केन्द्र अनुसार बझाङमा ६५१ जनशक्ति परिचालन गरिएको छ । प्रत्येक केन्द्रमा एक–एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत तथा पाँचजना सहयोगी कर्मचारी खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्