Logo
Logo

मनमोहन अधिकारीबाट नयाँ पुस्ताले पाठ सिक्नुपर्छ : पोखरेल



काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारी कम्युनिष्ट आन्दोलनको सादगी भएको बताएका छन् ।

नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता पोखरेलले कहिल्यै विवादमा नपरेको नेताको सादगीबाट नयाँ पुस्ताले पाठ सिक्नु पर्ने बताए ।

नेता अधिकारी सधैँभरि आफूलाई असल मान्छेको रूपमा सबैले चिनिदिउन् भन्ने मान्यता राख्ने नेता भएको पोखरेलले स्मरण गरे । अधिकारी सादगीको पर्याय भएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्