Logo
Logo

नक्कली शरणार्थी प्रकरण : टोपबहादुरसहितको पुनरावेदनमाथि आज सुनुवाइ



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहितले दायर गरेको पुनरावेदन रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइका लागि पेशी तोकिएको छ ।

रायमाझीसहित टेकनारायण पाण्डे, आङटावा शेर्पा, शमशेर मिया, केशवप्रसाद दुलाल, सन्देश शर्मा, गोविन्दकुमार चौधरी, सागर राई, डा. इन्द्रजित राई, सानु भण्डारी सहितले रिट निवेदन दिएका थिए ।

यसअघि न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा रहेको उक्त रित चैत २५ देखि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । उक्त रिटमाथि वैशाख ९ र वैशाख १० गते पनि सुनुवाइ भएको थियो ।

उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि रायमाझीसहितका प्रतिवादीले सर्वोच्चमामा पुनरावेदन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्