Logo
Logo

मधेशमा लुंगेलीलाई श्रम मन्त्रालयको जिम्मेवारी



काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्री बेची लुंगेलीलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएका छन् । नेकपा एकीकृत समाजवादीबाट गत वैशाख ६ गते विना विभागीय मन्त्रीको शपथ लिएका उनले आज श्रम मन्त्रालयको कार्यभार सम्हालेका हुन् ।

यस्तै माओवादी केन्द्रबाट विनाविभागीय मन्त्री रहेका भरतप्रसाद साह अर्थ मन्त्रालय लिने अडानमा छन् । मुख्यमन्त्री यादवले चौथोपटक विश्वासको मत लिनुपूर्व अर्थ मन्त्रालय दिने वचन पूरा गर्नु पर्ने उनको माग छ ।

मुख्यमन्त्री यादवले उनलाई अर्थ नदिएर बाँकी रहेको वन तथा वातावरण मन्त्रालय दिन चाहेका छन् । तर, साहले उक्त मन्त्रालय लिन अस्वीकार गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्