Logo
Logo

सर्वोत्तम सिमेन्टको १५ प्रतिशत लाभांश पारित, सञ्चालकमा ७ जना निर्वाचित



काठमाडौं । सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्टको प्रस्तावित १५ प्रतिशत लाभांश पारित भएको छ । बुधबार सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले चुक्ता पुँजीको १५ प्रतिशत (करसहित)को नगद लाभांश प्रस्तावलाई पारित गरेको हो ।

सभाले संस्थापक सेयरधनी समूहबाट पाँच जना सञ्चालकहरु विष्णुप्रसाद न्यौपाने, बिमलकुमार सावरथिया, टिकाराम न्यौपाने, तेन्जीङ लाग्देन तामाङ, उत्सव न्यौपाने तथा सर्वसाधारण सेयरधनी समूहबाट एक जना शिव सिंह कार्कीलाई निर्विरोध निर्वाचित गरेको छ । त्यस्तै, स्वतन्त्र संचालकमा नेहा अग्रवाल मनोनित भएका छन् ।

सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९;्÷८० को नाफा नोक्सान हिसाब सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण, आर्थिक वर्ष २०८०र८१ को लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ ।

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष केसीले हालका विभिन्न चुनौतीहरुको सामना गर्दै सर्वोत्तम सिमेन्टलाई एक उत्कृष्ट कम्पनी बनाउने प्रतिवद्धता जनाएका छन् । साथै, उनले सर्वोत्तम सिमेन्टले नाम जस्तै सिमेन्टको सर्वोत्तम गुणस्तरमा निरन्तरता दिँदै आफ्नो स्थापना पश्चात हालसम्म ६ करोड ७२ लाख ६८ हजार २१ बोरा सिमेन्ट र २८ लाख ८६ हजार १६६ टन क्लिङकर उत्पादन गरी बिक्री गर्न सफल भएको जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्