Logo
Logo

जसपाको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठक बस्दै छ । बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने भएको हो । बैठकमा आगामी जेठ २७ गतेदेखि २९ गतेसम्म जनकपुरमा हुने महाधिवेशन तयारीको समीक्षा र एजेन्डा तय हुने पार्टी प्रवक्ता मनिष सुमनले बताए ।

जसपाले महाधिवेशनका लागि विभिन्न दस्ताबेज लेख्ने काम सकाएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा राजनीतिक प्रतिवेदन र पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा पार्टीको नीति तथा कार्यक्रमको मस्यौदा लेखन काम सम्पन्न भएको हो ।

ती प्रतिवेदनको बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ । साथै, पार्टीको सङ्गठित सदस्य तथा महाधिवेशन प्रतिनिधिको बारेमा पनि छलफल हुने बताइएको छ ।

सङ्गठित सदस्यको नाम प्रदेशबाट केन्द्रीय कार्यालयमा आइसकेका छन् । सो नामलाई अन्तिम रूप दिने काम सङ्गठन विभागले गरिरहेको छ । चाँडै नै सङ्गठित सदस्यको नाम टुगों लगाएर महाधिवेशन प्रतिनिधि चयन गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्