Logo
Logo

विशिष्ट बाहेक अन्य व्यक्तिको सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन



काठमाडौं । गृह मन्त्रालयले विशिष्ट व्यक्तिबाहेक अन्य लाई उपलब्ध गराइएका सुरक्षाकर्मी फिर्ता बोलाउन निर्देशन दिएको छ ।

गृहमन्त्री रवि लामिछानेको निर्णयपछि मन्त्रालयले बिहीबार विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ र अन्य प्रचलित कानुन बमोजिम विशिष्ट व्यक्तिहरूलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्य सबै व्यक्तिगत सुरक्षाकर्मी पदाधिकारी रहेको कार्यालयमा २४ घण्टाभित्र फिर्ता बोलाई सोको विवरण उपलब्ध गराउन नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिएको हो ।

यस्तै गृहले विशिष्ट व्यक्तिहरूको जिल्ला भ्रमण लगायतका कार्यक्रममा सुरक्षा उपलब्ध गराउँदा कार्यविधिको व्यवस्था पूर्ण पालना गर्न÷गराउन र सुरक्षा चुनौती विश्लेषण गरी मन्त्रालयबाट थप निर्देशन भएको अवस्थामा बाहेक कार्यविधि विपरीत अगुवा पछुवा उपलब्ध नगराउन पनि दुवै प्रहरी संगठनलाई निर्देशन दिएको छ ।

मन्त्रालयले यसरी खटिएका सुरक्षाकर्मी फिर्ता नभएमा खटिने सुरक्षाकर्मीको तलब रोक्का गर्न र फिर्ता नगर्ने पदाधिकारीको नाम सार्वजनिक गर्ने प्रयोजनका लागि मन्त्रालयमा विवरण उपलब्ध गराउन समेत निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्