Logo
Logo

तान्जानियामा बाढी : १५५ जनाको मृत्यु, २ लाख बढी मानिस प्रभावित



एजेन्सी । तान्जानियामा भएको भारी वर्षापछिको बाढी र पहिरोमा परी कम्तीमा १ सय ५५ जनाको मृत्यु भएको छ । वर्षाका कारण साढे दुई सय भन्दा बढी घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । वर्षाका कारण साढे २ लाख भन्दा बढी मानिस प्रभावित भएका छन् ।

तान्जानियाका विभिन्न स्थानमा तीव्र हावा, बाढी र पहिरोसँगै आएको भारी एल निनो वर्षाले ठूलो क्षति पुगेको छ । वर्षा र बाढीका कारण जनधनको क्षतिसँगै खेतीपाती र सर्वसाधारणको घर बगाएको छ । बाढीले सडक, पुल र रेलवेजस्ता पूर्वाधारमा समेत क्षति पुगेको बीबीसीले जनाएको छ ।

त्यहाँको मौसम विभागले आगामी महिनासम्म एल निनो वर्षा जारी रहने प्रक्षेपण गरेको छ । एल निनो वर्षाको असर छिमेकी मुलुक केन्या र बुरुन्डीमा पनि परेको छ । बाढीका कारण त्यहाँ पनि मानवीय संकट देखिएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्